News Portal

बंगलादेशमा एक हजार वर्ष पुरानो विष्णु भगवानको मूर्ति भेटियो

ईसगरमाथा संवाददाताकाठमाण्डौ, २१ साउन
५३ पटक
काठमाण्डौ, २१ साउन

बंगलादेशमा एक हजार वर्ष पुरानो हिन्दू देवता विष्णुको ऐतिहासिक तथा प्राचिन मूर्ति फेला परेको छ । कालो पत्थरबाट निर्मित उक्त मूर्ति प्रहरीले एक शिक्षकबाट बरामद गरेको स्थानीय मिडियाहरुले जनाएका छन् ।

डेली स्टार न्युजका अनुसार प्रहरीले कुमिल्ला जिल्लाको बोरो गोली गाउँबाट उक्त मूर्ति समातेर उक्त प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । बहुमुल्य यस कालो पत्थरको उचाइ झण्डै २३ इन्च छ भने चौडाइ ९ दशमलब ५ इन्च छ । साथै यसको तौल झण्डै १२ केजी छ ।

दौडकान्डी प्रहरी स्टेशनका प्रमुख नजरुल इस्लामका अनुसार अबु यूसुफ नाम गरेका शिक्षकले तिन साता अधि आफ्नो जमिनमा रहेको पोखरीमा खन्ने क्रममा उक्त मूर्ति फेला परेको थियो । त्यो पत्थर मूर्ति भन्ने थाहा पाए पनि तत्कालै प्रहरीलाई खबर गर्न फुर्सद नमिलेको यूसुफ वताएका थिए ।

यस मूर्तिलाई बंगलादेशका पूरातत्वविद तथा जानकारहरुले बहुमुल्य रहेको बताएका छन् । साथै चत्तोग्राम क्षेत्रस्थित पूरातत्व विभागका क्षेत्रीय निर्देशक अतौर रहमानले उक्त भगवान विष्णुको मूर्ति ज्यादै बहुमुल्य भएको बताए । रहमानका अनुसार उक्त मूर्ति सम्भवत एक हजार वर्ष पुरानो हो ।

रहमानले यसको विशेष संरक्षणका लागि यसलाई तुरुन्त मैनामती संग्रहालयमा हस्तान्तरण गर्नुको साथै यसबारे थप अनुसन्धान गरिनुपर्ने पनि बताएका छन् । –फाईल तस्वीर

प्रतिकृया दिनुहोस्