News Portal

धार्मिक महत्त्वको बहुमुल्य धर्मग्रन्थ भनि ठगी गर्ने व्यक्ति पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २३ साउन
३६ पटक
काठमाण्डौं, २३ साउन

बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भन्दै झुक्याएर सर्बसाधारणलाई प्रलोभनमा पारी नगद ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गा.पा.– १ घर भई हाल का.जि.माकलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुर जिल्ला रामप्रसाद गा.पा.– ७ घर भई हाल का.जि.का.म.न.पा.–७ चाबहिल सरस्वतीनगर बस्ने ३० वर्षीय रजिन राई रहेका छन् ।

गिरोहको खोजतलास गर्ने क्रममा बिहीबार उदयपुर जिल्ला चौदण्डिगढी नगरपालिका– ८ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर आरुबारी बस्ने हेम प्रकाश मगरलाई प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको तिन करोड पचासी लाख मा खरिद बिक्री गर्ने भनी झुक्याएर हेम प्रकाश मगरको साथबाट नगद तेह्र लाख उनान्नब्बे हजार ठगी गर्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

उनिहरुबाट बौद्ध धर्मको पुरातात्विक ग्रन्थ एक थान, मोवाईल एक थान बरामत गरिएको छ भने पक्राउ परिएका उनिहरुलाई थप अनुसन्धान भैरहेको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्