News Portal

नेपाली कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुने

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २५ साउन
२९ पटक
काठमाण्डौं, २५ साउन

पछल्लो समयमा देखिएको पार्टीको महाधिबेशनका बिषयमा  नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुने भएको छ ।

पूर्वनिर्धारित मिति अनुसार १४ औं महाधिवेशन भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् ।

बर्तमान समय र सन्धर्व अनुसार पार्टिले गर्नुपर्ने कार्यसम्पादन राम्रो गर्न नसकेको समिक्षात्मक टिप्पणी राख्दै क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी निर्वाचनमा केन्द्रित छलफल गरी आवश्यक रणनीति बनाइने बारेमा  छलफल हुने भएको नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले बताएका छन् ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षधर नेताहरुले पटक–पटक छलफल गर्दै आएका र ती छलफलमा सहभागीले सबैसँग छलफल गर्नुपर्ने सुझाब दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । छलफल आज र भोलि गरि दुई दिनसम्म चल्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्