News Portal

टोकियो ओलम्पिक खेल २०२० समापन

ईसगरमाथा संवाददाताकाठमाडौं, २५ साउन
४८ पटक
काठमाडौं, २५ साउन

जापानको टोकियो ओलम्पिक खेल २०२० समापन भएको छ । कोरोना महामारीका बीच जुलाई २३ मा सुरु भएको ३२औं गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न गरेको हो ।

जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन भएको छ । कोरोना महामारीको आम त्रासका बीचमा पनि जापानले विश्व ओलम्पिक खेलकुदको राम्रोसंग आयोजकीय भूमिका निर्बाह गर्न सफल भयो ।

कोरोना महामारीका कारण टोकियो ओलम्पिक एक वर्षपछि आयोजना गरिएको हो । विश्वभरका २०५ देशका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धामा भाग लिएका थिए ।
हरेक चार चार वर्षमा आयोजना हुने ओलम्पिकको ३३औं संस्करण अब ३ वर्षपछि फ्रान्सको पेरिसमा हुनेछ ।

सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि ओलम्पिकको सफल आयोजना गरेको हो भने अब यही अगष्ट २४ देखि जापानमा पाराल्याम्पिक आयोजना भैरहेको छ ।

टोकियो ओलम्पिकमा अमेरिकाले अग्रता कायम ग¥यो । अमेरिकाले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्य सहित कुल ११३ पदक जित्यो । चीन ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक प्राप्त गर्दै दोस्रो स्थान लियोे ।

आयोजक राष्ट जापानले पदक तालिकामा २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थान हासिल ग¥यो । यस्तै ग्रेट ब्रिटेन २२ स्वर्ण २१ रजत र २२ कास्य सहित कुल ६५ पदक जितेर चौथो भयो ।

यस पटक रसियन ओलम्पिक कमिटी (आरओसी) को नामबाट ओलम्पिक खेलेको रुसले २० स्वर्ण, २८ रजत र २३ कास्य सहित कुल ७१ पदक जितेर पाँचौं स्थानमा आयो ।
छिमेकी राष्ट्र भारतले पनि उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ७ पदक जित्यो ।

नेपालबाट टोकियो ओलम्पिकमा चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा पौडी खेलाडी एलेक्स शाह र गौरीका सिंह , सुटिङकी कल्पना परियार रहेका थिए ।
एथ्लेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा प्रतिष्प्रध गरेकी थिइन् । जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसंग पराजित भइन् ।

अहिलेको टोकियो ओलम्पिकमा ६३ राष्ट्रले स्वर्ण जित्दा कुल ९३ राष्ट्रले अन्य पदक हांसिल गरे ।

प्रतिकृया दिनुहोस्