News Portal

देउता चढेको भन्दै पतिले श्रीमतीको शरीरमा तातोपानी घोप्टाए

ईसगरमाथा संवाददाताकाठमाण्डौं,२५ साउन
२७ पटक
काठमाण्डौं,२५ साउन

दैलेख जिल्लाको भैरबी गाउँपालिका-५ गौरीसल्लाकी २६ वर्षीया हस्तना नेपालीका श्रीमान दीपक नेपालीले आफ्नो शरीरमा देउता चढेको भन्दै श्रीमती माथि तातोपानी घोप्टाए पछि उनी गंभीर घाइते भएकीछन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनूसार हस्तनाका श्रीमानले देउता चढेको निहुँमा तातो पानी घोप्टाउने र अगुल्टोले डामी हस्तनालाई घाइते बनाएपछि पीडित हस्तनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले पत्निलाई निरन्तर कुटपिट गरी यातना दिइरहने दीपकले देउता चढेको बहानामा हस्तनामाथि तातो पानी खन्याउनुका साथै अगुल्टोले प्रहार गरेको बताए ।

तो पानी खन्याउनुका अलवा ढाडको दाहिने भाग र अनुहारको देब्रे भागमा अगुल्टोले प्रहार गरेका कारण शरीरका विभिन्न भागमा अनेकन घाउँ भएको प्रहरी प्रमुखले बताए ।
घटनाका संवन्धमा शुक्रबार मात्रै प्रहरीमा खबर पुगेको दैलेख प्रहरीले जनाएको छ । घटनाको जानाकारी पश्चात मात्र प्रहरी चौकी डाँडीमाडीले पीडित हस्तनालाई दैलेख अस्पताल पुर्याएको थियो ।

जिल्ला अस्पताल दैलेखका डाक्टर जगत थापाले हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको जानकारी दिएकाछन् । हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त रहेको बताएकाछन् ।
प्रहरी प्रमुख श्रेष्ठले पीडक दीपकलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखी आवश्यक अनुसंधान भैरहेकोे बताए ।

दीपक विरुद्ध माइती पक्षले आइतबार प्रहरीमा जाहेरी दिएको प्रहरीले जानाकारी दिएकोछ । पाँच वर्ष अघि दीपकसँग विवाह भएकी हस्तनाका दुई छोरीमा ३ वर्षीया र ४ महिने छोरी छन् ।

प्रतिकृया दिनुहोस्