News Portal

गाईजात्रा कोसेली आशिषको ‘बालकोटको बार्दली’

ईसगरमाथा संवाददाता काठमाण्डौं, २६ साउन
५६ पटक
काठमाण्डौं, २६ साउन

हास्य र व्यङ्ग्यको पर्वका रुपमा गाईजात्रालाइ लिने गरिन्छ । बिशेष दिनलाई लक्षित गर्दै हास्यब्यङ्ग्यका बिभिन्न प्रहसन बजारमा ल्याईएको पाईन्छ ।

यसैबिच आगामी ७ भदौ महिनामा परेको गाइजात्रा पर्वलाई लक्षित गर्दै कलाकार आशिष शाही ठकुरीले ‘बालकोटको वार्दली’ नामक ब्याङ्ग्यले भरिएको गाईजात्रा संग्रह सार्वजनिक गरेका छन् ।

वास्तबिक घटनाबृतान्तलाई उजागर गर्दै राजनीतिक,आर्थिक, सामाजिक लगायतका विभिन्न विषयवस्तु समेटिएको ‘बालकोटको बार्दली’ मा वर्षभरि घटेका बिषयबस्तु जस्ताको तस्तै व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यस बिषयमा ठकुरीले गाइजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगतीलाई औंल्याउनु हो त्यहि पेरिफेरीमा रहेर यो पटकको गाईजात्रा तयार गरिएको उनले बताए ।
रोजगारीको सिलसिलामा कोरिया पुगेका आशिषले प्रस्तुत ‘बालकोटको बार्दली’ नामक प्रहसन कोरियाबाट नै सार्वजनिक गरेका छन् ।

कान्तिपुर रेडियोको हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज सो कार्यक्रममा काम गरेका आशिष गाइजात्राको कोसेलीमा अर्जुन पौडेलको छायाँकन र प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस्