News Portal

जाली नोट ९ लाख ९३ हजार रुपैयाँ सहित ३ जना पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २६ साउन
४७ पटक
काठमाण्डौं, २६ साउन

रौतहट जिल्ला ईशनाथ नगरपालिका अन्तर्गत–४ कालिमन्दिर नजिकैबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जना गिरोहमा संलग्नलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका–९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका–४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस बिषयमा थप अनुसन्धान भईरहेको र यसै आधारमा आवस्यक कामकारवाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्