News Portal

कैलालीमा हातहतियार सहित २ जना पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २६ साउन
३० पटक
काठमाण्डौं, २६ साउन

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं.०९ शंकरपुर स्थित सोमबार ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–९ बस्ने ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाह रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले सोमबार पूर्वपश्चिम राजमार्गमा बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा हतियारसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्क्राउ परिएका उनीहरुमध्ये चौधरीको साथबाट १२ बोर बन्दुक, साथमा त्यसको कार्टिज तथा शाहबाट पोइन्ट टुटु बन्दुक र १० राउण्ड गोली बरामद गरिएको बताएको छ भने घटनामा पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजना शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

प्रतिकृया दिनुहोस्