News Portal

महिला अधिकारको नाममा भ्रम नछरौं !

४२७ पटक

महिला अधिकारको नाममा समाजमा भ्रम फैलाएर महिलाहरुलाई भ्रमित पार्दै मात्र रकम बटुल्ने काम मात्र नगरौं है महिलाबादीहरु । वास्तवमै महिला शसक्तिकरण चाहनुहुन्छ र महिलालाई आइपर्ने अनेकन प्रकारका हिंसाहरुबाट महिलालाई सुरक्षा दिन चाहनुहुन्छ भने सर्वप्रथम महिलालाई सक्षम बनाउँने आधारहरु निर्माण गर्नुहोस ।

महिलाको हिंसा बिरुद्दको प्रमुख हतियार भनेको उनको आत्मनिर्भरता र सक्षमता हो । चेतना, ज्ञान र सीपको कमीले नै यो समाजमा धेरै महिलाहरु पिडित छन् । तसर्थ सर्वप्रथम छोरीको शिक्षामा जोड दिनुहोस् ।

सभ्य, सुसंस्कृत, संस्कारयुक्त र सक्षम समाजको निर्माणमा शिक्षाले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बढी भन्दा बढी महिलाहरुलाई शिक्षा र स्वास्थमा जोड दिएर उनीहरुलाई सीपमूलक कार्यमा दक्ष र निपुर्ण बनाएर रोजगारीको अवसर श्रृजना गर्ने वातावरण तयार गर्नुहोस् ।

महिलालाई प्राथमिकतामा राखेर उनिहरुलाई विभिन्न अवसरहरु प्रदान गरेर महिला सहभागीता बढाउन सकिएमा अवश्य पनि महिलाहरु आफैमा सक्षम र आत्मनिर्भर बन्नेछन् । जब महिलाहरु आफैमा सक्षम र आत्मनिर्भर हुन्छिन स्वतः आफ्नो सहि निर्णय गर्नमा सक्षम हुन्छिन् । जुन नारी अधिकार र स्वतन्त्रताको पहिलो आधार हो ।

समाजमा अनेकन भ्रमहरु फैलाएर महिलालाई पुरुष बिरुद्द भड्काएर सामाजीक संरचनालाई अस्तव्यस्त बनाएर महिला हिंसा अझै बढाउनतिर लाग्नुभन्दा बरु महिलालाई शिक्षित बनाउनतिर लाग्नुहोस्, जसले ज्ञानको ढोका खोल्छ र चेतनाको दियो बाल्छ र महिलाहरु आफैमा सबल, सक्षम र स्वतन्त्र भएर बाँच्ने वातावरणको श्रृजना हुन्छ ।

जग बलियो भए मात्र घर बलियो हुन्छ महिलालाई सम्मानपूर्ण व्यवहार गर्दै हामी सबै मिलेर स्वच्छ र सुन्दर समाजको निर्माण गरौं विकासमका हरेक कार्यमा नारी सहभागीतालाई जोड दिएर हिंसा रहित समाजको निर्माण गरौं ।
-रुपा पौडेल, ललितपुर

प्रतिकृया दिनुहोस्