News Portal

लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २७ साउन
४८ पटक
काठमाण्डौं, २७ साउन

बर्तमान समय र सन्धर्वलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । यसै बिषयमा विपक्षी गठबन्धनले यो कदम सकारात्मक भएको बताएका छन् ।
बिपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएसँगै यसबारे आजको प्रदेशसभा बिषेश बैठकमा छलफल हुने कार्यसूची तय भएपछि अन्तिम समयमा आएर पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

प्रदेशसभा बैठकमा बोल्दै विपक्षी गठबन्धनका सांसद वीरेन्द्र कुमार कनौडियाले मुख्यमन्त्रीको राजीनामाले उनको लाज जोगिएको प्रतिक्रिया दिएका छन् ।

कमसेकम समयमै राजिनामा दिएर थोरै लाज बचेको भन्दै सांंसद कनौडियाले त्यसको लागि मुख्यमन्त्रीलाई धन्यवाद बाहेक अरु केहि दिन नसकिने बताए ।

पोखरेलले सत्ता जोगाउनकै लागि केपी ओलीपथमा सवार गर्दै राजनैतिक ब्याक्तित्व नै धूमिल बनाएको आरोप समेत लगाएका छन् ।

प्रतिकृया दिनुहोस्