News Portal

अवैध सुन र नगद सहित ३ पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २८ साउन
५२ पटक
काठमाण्डौं, २८ साउन

अवैध सुन ओसारपोसार गर्ने ३ जना पक्राउ परेका छन् । अवैध सुन ल्याईरहेको भन्ने बिशेष सुचनाका आधारमा बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरिया स्थित सडक खण्डमा काठमाण्डौबाट महेन्द्रनगर जाँदै गरेको ना.८ ख ८३४९ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वसमा कण्डक्टर गरेका कंचनपुर शुक्लाफाँटा नगरपालिका वडा नं ८ फुलैली बस्ने ३५ वर्षीय भवानी घिमिरे, सुनसरी जिल्ला रामधुनी नगरपालिका –३ सिंगिया घर भएका शैलेश्वरी सुनचाँदी पसल अत्तरिया कैलालीमा काम गर्दै आएका २६ वर्षीय राजु बि.क रहेका छन् ।

त्यसैगरी कैलाली गोदावरी नगरपालिका–१ अत्तरिया बस्ने शैलेश्वरी सुनचाँदी पसलका संचालक ३१ वर्षीय समिर सिजापतीलाई समेतलाई कैलालली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका उनीहरुबाट ४४९.७७ ग्राम अवैध सुन, ५ थान मोवाइल र नगद ४९ हजार ४ सय ५ रुपैया ५ बरामद गरिएका उक्त सामानहरु राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाईने र पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्