News Portal

लुम्बिनीमा कुलप्रसाद के.सी. बने मुख्यमन्त्री

ईसगरमाथा संवाददाताबुटवल, २८ साउन
१०३ पटक
बुटवल, २८ साउन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद के.सी. मुख्यमंत्री नियुक्त भएकाछन् । उनी माओवादी केन्द्र प्रदेशका संसदीय दलका नेता हुन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

केसीले ४२ जना सांसदको समर्थन सहित बिहीबार नै मुख्यमन्त्री दाबी गरेका थिए । लुम्बिनी प्रदेश सभामा हाल ८० सांसद छन्, बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री बनेका के.सी.ले कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको समर्थन प्राप्त गरेका हुन् ।

यस भन्दा पहिले उनी लुम्विनी प्रादेशिक सरकारमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । २०२७ सालमा रोल्पामा जन्मिएका के.सीले विद्यार्थी अवस्थाबाट राजनीतिक जीवन शुरु गरेका थिए । उनी ०४६ सालदेखि ०४८ सालसम्म विद्यार्थी राजनीतिमा सक्रिय रहेका रहे ।

के.सी.०४८ देखि ०५० सम्म स्थायी शिक्षक, ०५० देखि ०५२ सम्म नेकपा एकता केन्द्र रोल्पा इलाका सेक्रेटरी हुँदै पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् । त्यस यता उनले माओवादीले सञ्चालन गरेको जनयुद्धमा डिभिजन कमिसारको भूमिका देखि पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य सम्मकोे जिम्मेवारीमा रहेका थिए ।

 

प्रतिकृया दिनुहोस्