News Portal

जबर्जस्ती करणी आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ पक्राउ

ईसगरमाथा संवाददातारुपन्देही, २९ श्रावण
७४ पटक
रुपन्देही, २९ श्रावण

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ पकडिहवाका एक महिलामाथि जबर्जस्ती करणी आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ६ असुरैनामा रहेको गाउँपालिका अध्यक्षको घरमा बोलाएर महिलालाई जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दर्ता गरेका थिए । गाउँपालिका अध्यक्ष शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

साउन २४ गते बिहान ११ बजे अध्यक्ष शुक्लले आफ्नै घरमा बोलाएर चोरी सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका पीडितका श्रीमानलाई छुटाइदिन्छु भन्दै ललाईफकाई गरी जबर्जस्ती करणी गरेको आरोप छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गाउँपालिका अध्यक्ष शुक्लविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भई प्रहरीले आरोपितलाइ पक्राउ गरी उनीमाथि अनुसन्धान सुरु गरिएको बताएको जनआस्थामा खवर छ ।

प्रतिकृया दिनुहोस्