News Portal

अफगास्तिानको दोस्रो ठूलो शहर कन्दाहर तालिवानको कब्जामा

ईसगरमाथा संवाददाताकाठमाडौं, २९ साउन
६४ पटक
काठमाडौं, २९ साउन

तालिबानले अफगानिस्ताको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । तालिबानको महत्वपूर्ण पकडमा रहेको कन्दाहर शहर रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ । अफगानिस्तानको यो शहर ट्रेड हबको रुपमा निकै चर्चित छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत राति भएको ठूलो भीडन्तमा तालिबानले कन्दाहार शहरलाई आफ्नो नियन्त्रणमा लिएको छ ।’ यस अघि बिहीबार हेरात र घान्जी शहर र साना गाउँ पनि तालिबानले कब्जा लिएको थियो ।

अमेरिकाले आफ्नो दूतावासका कर्मचारीको उद्धारको लागि तीन हजार सेना अफगानिस्तान पठाउने भएको छ भने बेलायतले पनि आफ्ना नागरिकलाई अफगानिस्तानबाट उतार्नका लागि अस्थायी रुपमा ६ सय सैनिक पठाउने निर्णय गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार योे एक महिनामा मात्र अफगानिस्तानको गृहयुद्धका कारण एक सय आम नागरिक मारिएका छन् । सेभ द चिल्ड्रेनका अनुसार पछिल्लो केही दिनमा राजधानी शहरमा विभिन्न स्थानबाट ७२ हजार बालबालिका अलपत्र अवस्था भयावह छ र उनीहरु सडकमा भोकै र नाँगै नै सुत्न बाध्य छन् ।

प्रतिकृया दिनुहोस्