News Portal

१२ पुल शिलान्यास भए , तर एउटा पनि बनेनन्

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ३१ साउन
३२ पटक
काठमाण्डौं, ३१ साउन

आर्थिक वर्ष ०७७/७८ मा गण्डकी प्रदेशमा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएको भनिएका मध्येबाट छ वटा पुल गत असारमा सम्पन्न हुनुपर्ने भएता पनि हालसम्म बन्न सकेका छैनन् । तर पूर्वाधार विकास कार्यालयले भने कोरोना कहर र निषेधाज्ञाको कारण भनेर समयमै सम्पन्न नभएको जनाएको छ ।

गत आर्थिक बर्षहरुमा प्रदेश सरकारका लगानीमा बिभिन्न जिल्लामा पक्की पुल शिलान्यासको लहर नै चलेको थियो । विभिन्न नदी तथा खोलाहरुमा पक्की पुल निर्माणाधीन रहेका छन् ।
तीमध्ये तीन आगामी असोजसम्म सम्पन्न गर्नुपर्ने म्याद छ भने बाँकी पुलको म्याद आगामी आव मात्रै रहेको कार्यालयको भनाई छ । कोरोना कहरका कारण नै समयमा सम्पन्न गर्न नसकिएको दाबि रहेको छ ।

कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार छ महिना म्याद थप गरिनेछ । गत वर्ष शिलान्यास भएका दुई वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ भने रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माणाधीन पुलहरुलाई रु २९ करोड एक लाख २९ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । यसआवमा प्रदेश सरकारले ती पुललाई रु २६ करोड ४० लाख विनियोजन गरेको छ । सबै पुल सम्पन्न गर्न रु ८९ करोड ६६ लाख ६१ हजार २४० आवश्यक पर्दछ ।

चालू वर्षमा पनि प्रदेश सरकाले जिल्लाका १४ मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । ती पुललाई तीन करोड ३० लाख बजेट विनियोजन भएको छ । बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि विस्तृ आयोजना प्रतिवेदन (डिपिआर) तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल काम शुरु गरिने कार्यालयले जनाएको छ ।

वर्षामा सडक सञ्जालबाट सम्पर्क विच्छेद हुने जरेवरका बासिन्दालाई यस वर्षामा पक्की मोटरेवल पुलबाट खोला तर्न पाउने आशा थियो । भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेबर जोड्ने गरी बरखोलामा शिलान्यास गरेको पुल गत असार २२ मा सम्पन्न हुनुपर्ने थियो । मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ठेक्का पाएको पुलको चार वटा पिल्लर ठडिनेबाहेक काम भएको छैन ।

यस क्षेत्रका स्थानीवासीलाई घाँस दाउरा र मेलापात गर्न बन्दै गरेको अधुरो पुलबाट जोखिम मोलेर तर्न बाध्य छन् । हिउँदमा कुलो जत्रै भएर बग्ने बुडुवा खोला यतिबेला तर्न नसक्ने अवस्थामा बुडुवा खोला तरेर लोकतान्त्रिक मोटरमार्गमा सवारी गुडाउने चालकलाई पनि सास्ती छ ।

त्यसैगरी ऋषिङ गाउँपालिका–४ मधुवन र पाँच रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेवल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति सकिएको र ठेक्का सम्झौताअनुसार गत असार २५ गते पुल निर्माण सम्पन्न भइसक्नुपर्ने भएता पनि हालसम्म सो पुल निमाण हुन सकेको छैन । ज्वाला खोलासहित शालिकराम करिडोरमा पनि चार वटा पुल शिलान्यास गरिएको थियो तर ति पुलहरु हालसम्म सम्पन्न भएका छैनन् ।

प्रतिकृया दिनुहोस्