News Portal

ट्विटरमा राधिका आप्टे बहिष्कार अभियान

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ३२ साउन
२९४ पटक
काठमाण्डौं, ३२ साउन

बलिउड फिल्म क्षेत्रकी चर्चित नायिका राधिका आप्टेले फरक–फरक भूमिकामा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘अन्धाधुन, पाच्र्ड, प्याडम्यान, बदलापुर, सेक्रेड गेम्स, माँझी’ लगायतका चलचित्रले अत्यधिक दर्शकको मन जितेका छन् ।

नाईका राधिकाले चलचित्रमा नेकेट दृश्य समेत पर्दशन गरेकी छिन् । भारतमा व्यापारी राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा हिरासतमा छन् । राजको मुद्दा अदालतमा चलिरहेको समयमा भारतमा भने विभिन्न कलाकारहरुले चलचित्रमा दिएको बोल्ड दृश्यलाई लिएर हाल बहस सुरु भएको छ ।

गत शुक्रबार नायिका राधे आप्टेलाई बहिष्कार गर्नुपर्ने माग सामाजिक संजाल ट्विटरमा चर्कियो । २४ हजार भन्दा बढी ट्विटर प्रयोगकर्ताले यो बिषयमा आफ्नो मत व्यक्त गरेका थिए । अधिकांशले राधिकाले चलचित्रमा न्यूड दृश्य दिएर अश्लिलता फैलाएको आरोप समेत लगाएका छन् ।

प्रयोगकर्ताले राधिकाले अभिनय गरेका चलचित्रका दृश्यहरु सामाजिक संजालमा पोष्ट गर्न नसकिने भन्दै उनलाई बहिष्कार गर्नुपर्ने माग गरे । भारतको संकृतीमाथि राधिकाले बारम्बार प्रहार गरेको आरोप समेत उनीहरुले लगाएका छन् । यो बिषयमा राधिकाको कुनै पनि भनाई सार्वजनिक भएको छैन । अनलाइन खबर

प्रतिकृया दिनुहोस्