News Portal

कोरोनाले ३५ को मृत्यु, थप ३४५१ मा संक्रमण

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ३२ साउन
५१ पटक
काठमाण्डौं, ३२ साउन

मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मंत्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ६११ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण भएकोमा ३ हजार ४५१ जनामा कोरोना पुष्टि भएको हो ।

१० हजार ९३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मंत्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख १० हजार ८५३ पुगेको छ  भने पछिल्लो २४ घण्टामा २४५८ जना कोरोनामुक्त भए भने ३५ को मृत्यु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ४५८ जना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८५ हजार १४० पुगेको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्