News Portal

तालिबानका वलिष्ठ नेता मुल्लाह अब्दुल गनी बरादर अफगानिस्तान फर्किए

ईसगरमाथा संवाददाता काठमान्डौं, २ भाद्र
४६६ पटक
काठमान्डौं, २ भाद्र

तालिबानका वलिष्ठ नेता सहसंस्थापक अफगानिस्तान फर्किएका छन् । उनी तालिबानका सहसंस्थापक पनि हुन् । अमेरिकासंगको वार्तालाई लिएर मुल्लाह अब्दुल गनी बरादर केही महिना अघि कतार गएका हुन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरे पछि मंगलबार कतारबाट अफगानिस्तान फर्किएका हुन् ।

तालिबानले गएको आइतबार अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि उनी अफगानिस्तानको नेतृत्वका लागि फर्किएको तालिवान स्रोतले जनाएको छ ।
कान्दाहरलाई तालिबानले मुश्लिमको धार्मिक जन्मस्थलको रुपमा लिन्छन् । २० वर्ष अघि कान्दाहर तालिबानको महत्वपूर्ण आधार क्षेत्र थियो ।

अफगानिस्तानको इस्लामिक कानूनमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको अधिकार सुनिश्चित र सम्मान हुने तालिबानले जनाएको छ ।


आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले स्पष्ट गर्दै केही प्रतिबन्ध र नियमहरुको अधीनमा रही महिलाहरुलाई काम गर्न छुट दिने बताएका हुन् । प्रवक्ता जाबुहुल्लाह मुजाहिदले सबै अफगानहरु इस्लामको ‘फ्रेमवर्क’ भित्र बस्नु पर्ने कुरा बारम्बार दोहो¥याए ।

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहँदा शरिया कानून लागू गरेको तालिबानले इस्लामिक कानूनको व्याख्या गर्दै गम्भीर दण्डको व्यवस्था गरेको थियो । त्यो बेला महिलाहरुले शरीर सबै ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष र सो माथिका छात्राहरु विद्यालय जान नपाउने नियम लागु गरेको थियो ।

‘हामी महिलाहरुलाई हाम्रो फ्रेमवर्क भित्र रहेर काम गर्न तथा पढ्न दिने छौँ । महिलाहरु हाम्रो समाजमा निकै सक्रिय हुने छन् ।’ तालिवानले थप ब्याख्या गरे ।

प्रतिकृया दिनुहोस्