News Portal

नेपाली नक्कली नोट छाप्ने कारखाना विहारमा सञ्चालन

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २ भाद्र
१२८ पटक
काठमाण्डौं, २ भाद्र

नक्कली नोटलाई कडाई साथ निगरानी गरिरहेको रौतहट प्रहरीले ९ लाख ९३ हजार नक्कली नोट सहित ३ जनालाई पक्राउ गर्न सफल भएको रौतहट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल ल्याउँदै गरेको नक्कली नोट सहित सोमबार तीन जनालाई पक्राउ गरेको छ ।

नेपालमा एकैपटक यति धेरै नक्कली नोट बरामद भएको पहिलो पटक हो । विहारमा नक्कली नेपाली नोट छाप्ने कारखाना नै रहेको पनि बताइदै गर्दा रौतहट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ । रौतहट प्रहरीका लागि ठूलो सफलता मिलेको प्रहरीले जनाएको छ ।

यो घटनापछि तराईका सीमावर्ति क्षेत्रमा थप सजगता आवश्यक भएको छ । भारतमा छापिएको ९ लाख बढी नक्कली नेपाली रुपैयाँ सहित रौतहट प्रहरीले ३ जना नेपालीलाई पक्राउ गरेपछि भारतमा नक्कली नेपाली नोटको उत्पादन भइरहेको पुष्टि हुन आएको छ ।

सोमबार दिउँसोे समयमा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले गाडी रोकेर चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो । धनुषाको बटेश्वर गाउँपालिका– ४ बस्ने ३८ वर्षका शत्रुधन बरई ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका– ९ का ३० वर्षका रञ्जीत महतो, महोत्तरीकै भंगाहा नगरपालिका– ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहारमै सो नक्कली नोट छापिएको सूचना प्रहरीले पाएको हो । प्रारम्भिक अनुसन्धानमा नक्कली नोट फोटोकपी मेसिनबाटै बनाइएको जस्तो देखिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया मात्र पक्राउ भएका र यसका मुख्य नाइके माथि अनुसन्धान भइरहेको रौतहटका प्रहरीको भनाइ छ ।

कोरोनाको काराण नेपाल भारत सीमानाका बन्द भएपनि तस्करी र अपराधिक क्रियाकलाप सीमानामा सहज भएको छ । सो समुहले यस अघि कति नक्कली नोट नेपालको कुन कुन स्थानमा पु¥याएको प्रहरीको अनुसन्धान पछि खुल्दै जाने प्रहरीले विश्वास गरेको छ । बजारमा पुगिसकेको नक्कली नोट ट्रेस गर्न सामान्य मानिसलाई असम्भव जस्तै रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्