
दुई वर्ष अघि सर्वाेच्च अदालतको आदेशमा दुई अर्ब विद्युत् महसुल तिर्नू भनी शिवम् सिमेन्ट कारखानाई आदेश गरेको हो । आदेश नटेरी महशूल नतिरी अटेरी गरी बसेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले शाखाले जनाएको छ ।
शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुल बापत रुपियाँ दुई अर्ब ३४ करोड तिर्न बाँकि नै रहेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाले जनाएको छ ।
डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोग बापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले शाखाले जनाएको हो ।
प्राधिकरणले महसुल बापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक ताकेता गर्यौ पत्र पठायौं तर पनि हालसम्म उक्त रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौडाले जानाकारी दिएको छ ।
प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न सकेको छैन । सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।