
आज श्री कृष्ण जन्माष्टमी पर्व देशभर भगवान श्री कृष्णको पूजा–आराधना गरी मनाइँदै छ । आठौं अवतारका रुपमा जन्म लिएका भगवान श्री कृष्ण न्यायका प्रतिस्थापक हुन् । विगतका वर्षमा काटिएको श्री कृष्ण जन्माष्टमी पर्वको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ ।
यसै दिन हिन्दूहरुले देशै भरी कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजन संकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम पनि बस्ने गर्दछन् ।श्री कृष्ण भगवान हिन्दूहरुको मन मष्तिष्कमा रहेका भगवान हुन् । भजन संकृतन, पूजा आदिमा बच्चाहरुलाई सिंगारेर भगवान श्री कृष्ण बनाउने गरिन्छ ।
आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । भगवान श्री कृष्णका १६ सय गोपिनी साथमा रहेका थिए । रुक्मिनी उनको श्रीमती हुन् भने राधा साथी थिइन् । राधाले हर विपतका समयमा पनि श्री कृष्णलाई साथ दिएकीले राधा नाम अग्रनाममा रही राधाकृष्ण मन्त्र जप जनजीव्रोमा रहेको छ ।
विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा मथुराको जेलमा भएको विश्वास गरिन्छ । आफ्नै मामाका विरुद्ध न्यायका निम्ति शंखघोष गरेका श्रीकृष्णले अत्याचारलाई दवाए ।
आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ । श्री कृष्ण भगवानको महिमा र कार्य श्री कृष्ण चरीत्र, महाभारत तथा पवित्र शास्त्र गीतामा उल्लेख छ ।