News Portal

फिल्मी शैलीमा मालपोत कार्यालय तोडफोड गर्ने खत्री पुनः पक्राउ (तोडफोडको भिडियो सहित)

ईसगरमाथा संवाददातापर्वत, १६ भाद्र २०७८
६७३ पटक
पर्वत, १६ भाद्र २०७८

फिल्मी शैलीमा पर्वत मालपोत कार्यालय तोडफोड गर्ने सुमनबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । खत्री विरुद्वको आपराधिक उपद्र मुद्दामा पर्वत जिल्ला अदालतले गत चैत्र १२ गतेको फैेसलाले ३ महिना १९ दिन कैद सजाय र २५ हजार जरिवाना समेत तोकेको थियो ।

फरारका सूचिमा रहेका भनिएका सुमनलाई खोजि गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले सोमवार गते पक्राउ गरेको थियो । फैसला पछि निज आफ्नै घरमा रहेका थिए ।

पर्वत प्रहरीका अनुसार निज प्रतिवादीलाइ पर्वत जिल्ला अदालतमा प्रस्तुत गरिएको र अदालतद्धारा ठेकिएको कैद– सजाय भुक्तानीको लागि कारागार चलान गरेको पर्वत प्रहरीले जानकारी गराएको छ ।

खत्रीले श्रेष्ता संसोधनको निवेदन र अंश बुझेको भर्पाइको लिखत पेशको काममा कहिले यो पुगेन, कहिले त्यो पुगेन भन्दै लामो समय लगाएको र काम नहुने भएपछि आँफुले पेश गरेको कागजात दिनुहोस् भनि माग्दा नदिएपछि तोडफोड गरेको बताउँदै आएका थिए ।
खत्रीले कार्यालय तोडफोड गरेको भिडियो हेरौं

 

प्रतिकृया दिनुहोस्