
नेपाली काग्रेसको केन्द्रिय महाधिवेशन आगमाी मंसिरमा हुदैछ । महाधिवेशन नजिकिदै गर्दा पार्टी सभापति सेर बहादुर देउवा सहित धेरैले उम्मेदवारी दिने घोषण गरेका छन् ।
देउवाका निकट रहेका श्रेष्ठ र उपसभापति विमलेन्द्र निधि सभापति लड्ने भएकाछन् । २०७२ सालमा भएको १३ औं महाधिवेशनमा श्रेष्ठ र निधि दुबैले देउवा नै सभापतिको उम्मेदवारका रूपमा समर्थन गरेका थिए ।
नेपाली काग्रेसका वलिष्ठ नेता रामचन्द्र पौडेलले यो आसन्न महाधिवेशनको निर्विकल्प नेता आफू रहेको बताउंदै आएकाछन् । पार्टीलाई चुस्त र गतिशिल बनाउन आफूले नेतृत्व दिन परेको पौडेलको दावी छ ।
नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी सभापति पदमा लड्ने घोषणा गरेका छन् । गृह जिल्ला स्याङ्जाका अगुवा नेता÷कार्यकर्ता उपस्थित भेलामा श्रेष्ठले औपचारिक रूपमा १४ औं महाधिवेशनमा सभापति लड्ने घोषणा गरेका अनलाइन समचारले बताएकाछन् ।
भेलालाई संवोधन गर्ने क्रममा उनले भने ‘सभापति उठ्ने तयारी पहिलेदेखि नै गरेको हुँ, अहिले स्याङ्जा आएर घोषणा गरेँ,’ ‘मलाई देशभरका साथीहरूको सहयोग जारी रहनेछ ।’
श्रेष्ठ लामो समयदेखि सभापति शेरबहादुर देउवा निकट मानिएका विश्वासिला नेता हुन् । देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबाहक सभापति भएर पनि काम गरेका थिए निधि पनि देउवाका नजरमा असल र विश्वासिला पात्र हुन् ।
यो पटक भने श्रेष्ठ र निधि समेतले सभापतिमा दावी लिने र देउवालाई साथ नदिने अवस्था प्रष्ट देखिएको छ ।
सभापति देउवा आफू अझै एक कार्यकाल सभापति हुने इच्छा जाहेर गरेकाछन् । जे जस्तो सकै हथकाण्ड अपनाएर भए पनि पार्टी सभापति पद नछोड्ने प्रधानमंत्री देउवाको दावी रहेको देउवा नजिक स्रोतले जनाएको छ ।
गोपालमानले देउवाकै सहयोगमा आफू सभापति उम्मेदवार उठ्न लागेको दाबी गरेकाछन् यसकारण सेर बहादुरले मलाई सभापति लड्न सघाउनु हुनेछ, उनले भने ।
देउवा संकटमा पर्दा मैले सहयोग गरेको हुँ, अहिले उहाँले मलाई सहयोग गर्ने हो । श्रेष्ठले भने, ‘म सभापति र उहाँ प्रधानमन्त्री हुने हो ।’ उनले मुलुकभरका साथीहरूले आफूलाई सभापतिमा उठ्न सहयोग गर्ने बचन दिएको उनले बताए
उपसभापति निधिले पनि सम्पर्क कार्यालय खोलेर आफ्नो प्रचार गरिरहेको बेला निधिले नीजि कार्यालय खोले पनि खोले पनि साथ आफूलाई दिने दाबी श्रेष्ठले दावि गरेकाछन् । ‘कार्यालय खोलेर केही बिग्रेको छैन । श्रेष्ठले भने, ‘शेरबहादुरले नै मलाई सहयोग गरेपछि उहाँले पनि मलाई नै सहयोग गर्नुहुन्छ ।’