एमसीसी mcc.com नेपालमा लागु गरौं !
अमेरिकन सेनाको अखडा खडा गरौं !!
नेपाली लाई बिना भिसा अमेरिका जाने व्यवस्था राखौं !!!
पाँच होइन, पचास वर्षको लागि सम्झौता गरौं !
नेपालीले नेपाल चलाउने होइन क्यारे !!
अमेरिकन प्रशासन नेपाल भित्राउँ !!!
एमसीसीले नेपाल खाने होइन क्यारे !
खाने त पहिला उत्तर पूर्वी भारत अनि तिब्बत हो !!
यसै निर्धो, उसै निर्धो, शक्तिशालीको ओत लागौ !!!
खनिज, जल, जमिन र जंगल नेपालीलाई घाँडो भयो !
नेताहरुलाई दैनिक दूतावास धाउने कष्ट भयो !
नेपाली युवालाई खाडी जानै पर्ने दुर्भाग्य आयो !!
घाँडो, कष्ट र दुर्भाग्य हटाऊ !
एम सी सी नेपाल राम्रो फुलाउँ !!
अमेरिकनलाई भगवान बनाऔं!!!
आफ्ना चुरेहरु आफ्ना छैनन् !
ठुला नदीहरू त हुँदै होइनन् !!
बिजुली कहाँबाट आउँछ, त्यो कुरा सोध्दै नसोधौ !!!
त्यसैले,
भारत टुक्रा होस नहोस्, हामीलाई के मतलब !
चीन घेरियोस् की छोडियोस्, पुनः के मतलब !!
तर खाडीका नेपाली युवालाई अमेरिकन बनाऔं !!!
नेपाली युवालाई अमेरिकन बनाउने तयारी गरौं !
जसले जहाँ बाट सक्छ, यता तिर कोशिश गरौं !!!
यति राम्रो प्रस्ताव लागू गरौं हुँदैन र ???
‘अस्तु ।’
कविः ए. पोख्रेल