
एमसिसीका उपाध्यक्ष फतेमा जेड सुमार आएकै दिन भारतका दुई हिन्दूवादी नेता नेपालमा आएका छन् । भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे बिहीबार काठमाडौं आइपुगेका छन् ।
पराण्डे विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेका बैठकमा सहभागी हुन आएका हुन् तर राम माधव किन आए उनको भ्रमण प्रयोजन खुलाइएको छैन । माधव आरएसएसमा अमेरिका निकटका पात्र मानिन्छन् । उनको भ्रमणको विषयलाई अति महत्वका साथ हेरिएको छ ।
भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवा आएको तीन साता नबित्दै आरएसएसका प्रभावशाली नेता राम माधव आएका नेपाल आएका छन् । अमेरिकामा तयारी हुदै गरेको हिन्दू सम्मेलनलाई लिएर नेपाल आएको बुझिएको छ भने फतेमा जेड सुमारसंग नेपालमा भएका हिन्दू गतिविधि प्रस्तुत गर्न आएका भनी एकाथरीले अनुमान लगाएको छन् भनी अनलाइन मिडियाहरुले उल्लेख गरेका छन् ।
राम माधवको भ्रमणबारे काठमाडौ ंस्थित हिन्दू स्वयंसेवक संघका पदाधिकारी बिहीबार अबेरसम्म अनभिज्ञ रहेको बताएका छन् । माधवले आफ्ना सीमित निकटस्थहरूलाई मात्रै काठमाडौं आउनु परेकोे जानकारी दिएका थिए । राम माधव इन्डिया फाउन्डेसन नाम थिंकट्यांकका निर्देशक हुन् ।
राम माधव भारतीय जनता पार्टीका पूर्वमहासचिव पनि हुन् । ६ महिनाअघि उनलाई भाजपाले जिम्मेवारीमुक्त गरेको थियो । उनी आरएसएसको राष्ट्रिय कार्यकारिणी सदस्यमा नियुक्त भएका प्रभावशाली ब्यक्तित्व हुन् ।
आरएसएसमा कार्यरत उनलाई अमित शाह भाजपा अध्यक्ष हुदा पार्टीमा जिम्मेवारी दिइएको थियो । आरएसएस भाजपाको जनवर्गिय मोर्चा हो ।
विगतमा भाजपाका तर्फबाट नेपाल मामिला राम माधवले हेर्दै आएका थिए । उनले नेपालमा रहदा पश्चिमासंग मिलेर हिन्दू एकतामा ठेस पुराएको अँगालेको आरोप भाजपा भित्र लाग्दै आएको छ भने पश्चिमा नीतिबाट सजिलै चल्ने पात्र भनेर चिनिएकाछन् । डेढ वर्ष देखि भाजपाले विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेलाई नेपाल मामिला हेर्ने जिम्मेवारी दिएको छ।