
पूर्व युवराज्ञी हिमानी शाहद्धरा सञ्चालित हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।
युवराज्ञी हिमानी शाहको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा बिभिध सामग्री सहयोग गरिएको छ । सहयोगका क्रममा कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ ।
राष्ट्रिय जनजागरण समाज सुधार आश्रममा बस्ने ४४ बालबालिकाका लागि पनि न्यानो लुगा सहयोग गरिएको ट्रस्टले बताएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताउदै उनले यो महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् ।
बर्तमान समयमा स्वास्थ सबैभन्दा महत्वपूर्ण रहेको बताउदै सबै नेपालीलाई खोप लगाउनुपर्ने पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छन् ।
यसैबिच समृद्ध नेपाल निर्माणका लागि आम सर्बसाधारणका गुनासा र किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्ने समेत बताईन् ।
हिमानी ट्रस्ट कोषले विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्म गर्दै आएको छ ।