ईसगरमाथा संवाददाताकाठमाण्डौं, २ कार्तिक

चीन सरकारले नेपाललाई २० लाख थप कोरोनाविरुद्धको खोपको मात्रा डोज दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डाः नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ् यी बीच मंगलबार भएको टेलिफोन संबादका क्रममा चीन सरकारले सोहि कुराको घोषणा गरेको बताएका छन् ।
फोन वार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकोमा विदेशमन्त्री वाङ यी लाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
संबादका क्रममा करिब २० लाख डोज कोरोनाविरुद्धको खोप चीनले नेपाललाई अनुदानका रुपमा उपलब्ध गराउने बताइएको छ ।
यसैबिच दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध बिषयका आयामका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।