ईसगरमाथा संवाददाताकाठमाण्डौ, ३१ बैशाख

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ६६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्न्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।
तीमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ जना छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र ८ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १ हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् भने पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।