News Portal

एक क्विन्टल गाँजा सहित तिन जना पक्राउ

ईसगरमाथा संवाददातामकवानपुर, ४ जेठ
१२५ पटक
मकवानपुर, ४ जेठ

हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आईतेबहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्