
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५ जिल्लाका १९ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा सवैभन्दा धेरै कास्कीमा ९ सहित १९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा कास्कीमा ९,पर्वत ३, तनहँु ३, स्याङजा २ र नवलपरासी पूर्वमा २ जना रहेका छन् ।
कास्कीमा मृत्यु भएका ९ जना मध्ये पोखरा–५ का ९० बर्षिय पुरुष,पोखरा–१६ का ३४ बर्षिय पुरुष,पोखरा–१० का ५९ बर्षिय पुरुष, पोखरा–११ का ५८ बर्षिय पुरुष, पोखरा–१३ का ५९ बर्षिय पुरुष रहेका छन् । त्यसैगरी पोखरा–३ की ६५ बर्षिय महिला, पोखरा–२७ की ४८ बर्षिय महिला, पोखरा–१७ की ९६ बर्षिय महिला,पोखरा–३३ का ८६ बर्षिय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै पर्वतको मादी–४की ७० बर्षिया महिला, पर्वत कुश्मा–१ का ४५ बर्षिय पुरुष, पर्वत कुश्मा–६ का ५० बर्षिय पुरुष, नवलपरासी पूर्व कावोसोती–८का ६८ बर्षिय पुरुष, नवलपरासी पूर्व त्रिवेणी–४का ४८ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यसैगरी तनहँुको ब्यास–८ का ६८ बर्षिय पुरुष, ब्यास–६ का ६० बर्षिय पुरुष,शुक्लागण्डकी–४का ६५ बर्षिय पुरुष,स्याङजा चापाकोट–७ की ६५ बर्षिय महिला, अर्जुन चौपारी–६ का ५२ बर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ४९३ जनाको मृत्यु भएको छ ।