
मातृभूमिका लागि नेपाली महिला राष्ट्रिय संघ कास्की अन्र्तगत पोखरा महानगरपालिका वडा नं २९ को भेला एक समारोहका बिच सम्पन्न भएको छ । भेलाले भगवती रहेको १७ सदस्यिय समितिको गठन गरेको छ ।
समितिको सह–संयोजकमा सरला कंडेल, सचिवमा रन्जना भण्डारी, कोषाध्यक्ष सरस्वती बराल रहनुभएको छ । समितिका सदस्यहरुमा क्रमशः सत्या चापागाईं, गायत्री भण्डारी, राधा भण्डारी, कला भण्डारी, राधिका भण्डारी, बिन्दु तिवारी, बसुन्धरा तिवारी, कृष्ण पन्थ, सपना न्यौपाने, सुनिता पौडेल, कौसिल्या भण्डारी र माया थापा रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथीको मातृभूमिका लागि नेपाली शिक्षा बिभागका केन्द्रीय संयोजक तथा कास्की जिल्ला संयोजक डा. सबिन्द्रराज भण्डारीले हिन्दुत्वको दार्शनीक पक्ष र बैज्ञानीक पक्षको वारेमा बोल्नु भएको थियो ।
संगठनका केन्द्रीय सदस्य राम बराल बिशिष्ठ अतिथी रहेको उक्त कार्यक्रममा जिल्ला–सह संयोजक कृष्णप्रसाद वास्तोलाले संगठनको सान्दर्भिकता र यसले भबिष्यमा गर्ने परिवर्तनको वारेमा बोल्नुभएको थियो भने संगठन विभाग प्रमुख माधव भण्डारीले संगठन र सदस्यको आचरणको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा धर्म र सँस्कृती बिभागका प्रमुख शालिकराम पौडेल, वार्ड नं २९ का सल्लाहकार पारश्वर चापागाई र सामाजीक व्यक्तित्व महेश्वर पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मातृभूमिका लागि नेपाली कास्कीका सह–सचिव मनोज पौडेल, कृषि तथा उद्योग बिभागका प्रमुख राम हमाल, पोखरा १२ का वार्ड संयोजक तथा महिला राष्ट्रिय संघकी केन्द्रीय सदस्य बिद्या अधिकारी र १३ का वार्ड संयोजक शिवराज बराल समेतको आतिथ्यता रहेको थियो ।
महिला राष्ट्रिय संघ कास्कीका संयोजक रक्षा भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत महिला बिभाग कास्कीका प्रमुख मञ्जु गौतम
र संचालन महिला राष्ट्रिय संघका जिल्ला सचिब मेनुका लामिछानेले गर्नुभएको थियो ।
यसैबिच सोही कार्यक्रमकै अवसरमा पोखरा महानगरपालिका वडा नं २६, २७ र ३१को वडा संयोजकहरुको घोषणा गरिएको छ । सो अनुसार वडा नं २६ को संयोजकमा गंगा जि.सि, सह–संयोजक शारदा कार्की, वडा नं २७ को संयोजकमा सम्झना लामिछाने र वडा नं ३१ मा राजेश कार्की रहनुभएको संगठन बिभाग प्रमुख माधव भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार कार्यकममा २१ जना नयाँ सदस्यहरूलाई टिका लगाएर मातृभूमिका लागि नेपाली संगठनमा आबद्ध गराईएको थियो । सो अवसरमा पोखरा १३ का वार्ड संयोजक शिबराज बरालले उपस्थित सम्पूर्णलाई संगठनको क्यालेन्डर हस्तान्तरण गर्नुभएको थियो ।