News Portal

गण्डकीका मुख्यमन्त्री गुरुङ द्वारा राजीनामा

तीन दिनभित्र सरकार गठनका लागि आह्वान

ईसगरमाथा संवाददातापोखरा २६, बैशाख
१४९ पटक
पोखरा २६, बैशाख

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

प्रदेश सभामा सोमबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने तालिका रहेका वेला मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्