ईसगरमाथा संवाददाताब्रिजटाउन, ६ साउन
ब्रिजटाउन, ६ साउनअस्ट्रेलियाले वेस्ट इन्डिज विरुद्धको तीन एक दिवसीय शृंखलामा बुधबार विजयी सुरुवात गरेको छ । पाहुना टिमले डकवर्थ लेविस नियम अन्तर्गत १ सय ३३ रनको ठूलो अन्तरले जित सुनिश्चित गरेको हो ।
यससँगै उसले वान डे सिरिजमा १– ० को अग्रता लिएको सो टिमले पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान एलेक्स क्यारीको ६७ रनको मद्दतले ४९ ओभरमा नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो ।
वर्षाले प्रभावित भएता पनि खेलमा घरेलु टिमले २६.२ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन बनाउन सफल भयो भने अस्ट्रेलियाका लागि माइकल स्टार्कले घातक बलिङ गरी ४८ रन दिएर पाँच विकेट लिन सफल भएको हो । -एजेन्सी