
भारतका चर्चित व्यापारी तथा बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई मुम्बईको क्राइम ब्रान्चले सोमबार राती पक्राउ गरेको छ । कुन्द्रामाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रकाशन गरेको आरोप छ ।
राज कुन्द्रालाई मंगलबार बिहान ११ बजे प्रहरीले अदालतमा पेश गर्नु अघि कुन्द्रालाई जेजे अस्पतालबाट मुम्बई कमिश्नर प्रहरीको अफिस पुर्याइएको थियो । उनलाई बिहान ४ बजे अपराध शाखाले मुम्बईको जेजे अस्पतालमा मेडिकल परीक्षणका लागि लगिएको थियो ।
मुम्बई पुलिस कमिश्नर हेमन्त नागराले राज कुन्द्रा यो मामिलामा मुख्य आरोपी भएको र आफूहरुसँग उनीविरुद्ध पक्का प्रमाण भएको र उनलाई पक्राउ गरेर सोधपुछ गरिएको छ । यसअघि राज कुन्द्रालाई अपराध शाखाले सोधपुछका लागि बोलाएको थियो ।
क्राइम ब्रान्चको प्रोपर्टी सेलले उनीसँग सोधपुछ गरिरहेको छ । यद्यपि, गिरफ्तारीपछि प्रहरीले यसमा पोर्न जोडिएको खुलासा गरे । यो मामिलामा अब कुन्द्रासमेत ११ जना पक्राउ परिसकेका छन् । त्यसपछि सोमबार राती राज कुन्द्रालाई अपराध शाखाका अधिकारीले पक्राउ गरेका थिए ।
अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ कुन्द्राले आफ्नो पोर्न कम्पनीमा १० करोड भारु लगानी गरकोे बताएका कुन्द्रा मुम्बई अपराश शाखाका अनुसार राजविरुद्ध यसै वर्ष फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो ।
राज कुन्द्रा र उनको बेलायतमा बसिरहेका भाइले त्यहाँ केनरिन नामको एक कम्पनी बनाए । फिल्मको भिडियो भारतमा शुट गरिएको थियो र वी ट्रान्सफर मार्फत् केनरिनलाई पठाइएको हो ।
मुम्बई प्रहरीले फेब्रुवरीमा नायिका गहना विशिष्ठसहित ६ जनालाई पक्राउ गरेका थियो । पछि तीन थप मानिसहरुको गिरफ्तारी भएको थियो । नायिकालाई अश्लील फिल्मका लागि नग्न दृश्य सुट गराउनका लागि बाध्य पारेको आरोपमा प्रहरीले यो कारवाही गरेको बताएको छ ।
सुट गरिएका फिल्मलाई पेड मोबाइल एप्लिकेशनमा रिलिज गरिएको कुरा सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले यो घटनासँग जोडिएका अर्का एक व्यक्ति उमेश कामत लाई पक्राउ गरेको थियो । कामतको गिरफ्तारीपछि प्रहरीले यसबारे धेरै कुरा थाहा पायो र पोर्न फिल्मको यो काण्ड र राज कुन्द्राको संलग्नताबारे पर्दाफास भएको हो । –एजेन्सीको सहयोगमा