ईसगरमाथा संवाददाताबाँके, ७ साउन
बाँके, ७ साउननुहाउन भनी खोलामा पसेका नेपालगञ्जका तीन किशोरको डुबेर मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ श्रृष्टी टोलका अन्दाजी १६ वर्षीय अरिब जसगढ, १७ वर्षीय अरमान जसगढ र सोही वडाको सदरलाइनका रासिद जसगढको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बेलुका ५ बजेतिर कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलाको बाँधको नहरमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए ।
किशोरहरु डुवेको खबर पाएपछि खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको र थप दुई जनालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । बिदाको दिनमा एकै उमेर समूहका युवाहरू कपाल काटेपछि घुम्दै जाने क्रममा खोलामा नुहाउन भनेर पसेको खुल्न आएको उनले बताए ।
तिनै जनाको शव पोष्टमार्टमको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको बाँके प्रहरीले जनाएको छ ।