ईसगरमाथा संवाददाताझापा, १० साउन
झापा, १० साउनराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो सामाजिक संजालमा पोष्ट गर्ने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरे रहेका छन् । घिमिरेले उक्त भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।