प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्धरा आयोजित नेकपा एमालेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र नारदमुनि रानाबीच बैठकमै भनाभन भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापित भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७÷७८ मा गरेको कामको समीक्षा हुँदै थियो ।
बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुशी साटासाट गर्दै थिए । माधव नेपालले संसद जोगिएको भन्दै उल्लासमय वातावरणमा बधाइ दिएका थिए ।
त्यसैबिच एमाले सांसद रानाले नेता नेपाललाई आफ्नै सरकार ढालेको भन्दै आक्षेप प्रत्यारोप लगाउदै सांसद तथा पूर्वमन्त्री नारदमुनि रानाले यो संसद जनादेशबाट नभई परमादेशबाट आएको टिप्पणी गरे ।
आफ्नै पार्टीका प्रधानमन्त्रीले विश्वासको मत लिंदा घरमा सुतेर बसेर आफ्नै सरकार ढाल्ने भन्दै माधवकुमार नेपालमाथि खनिए । मुख्य दोषी माधव नेपाल रहेको भन्दै यसको जिम्मा लिनुपर्ने बताए ।
त्यसैबिच नेता नेपालले प्रश्न गर्दै भने ‘प्रतिगमनको मतियार बन्ने !’
समिति सभापति पवित्रा निरौला खरेलले समितिको विषयमा बोल्न रुलिङ गरिन् । ‘पार्टीको कुरा पार्टीमा गर्नुस्, समितिमा समितिकै विषयमा बोल्नुस्’ उनले भनिन् ।
सांसद रानाले प्रसंग उठेका कारण भनेको हुँ भन्ने अड्डी कसेपछि नेता नेपाल आक्रोशित भए । उनले रानातिर चोर औंला ठड्याउँदै भने, ‘प्रतिगमनको मतियार भएर यहाँ बोल्न पाइँदैन । अहिले राजीनामा दिनुस्, गइहाल्नुस् ।’
त्यसपछि बैठक भाडिन पुग्यो होहल्ला भयो । सबै बोल्न थाले, सांसदहरुले नियम विपरीत पूर्वमन्त्रीलाई बैठकमा नराख्न आफूले दिएको सल्लाह नमानेको भन्दै सभापतिकै आलोचना गरे ।
ब्यबस्थित नियमानुसार ‘सरकारमा जानेहरु समितिबाट विदा हुन्छन्, पुनः त्यही समितिमा आउनुपरे पनि सम्बन्धित दलले सभामुखलाई पत्र लेख्नुपर्छ’ माधव नेपाल पक्षका सांसद दीपकप्रकाश भट्टले भने । ‘यो समितिमा बस्ने अधिकार छैन तपाईंलाई, बाहिर जानुस् र निवेदन हालेर आउनुस’ उनले भने ।
प्रश्नमा एमाले सांसद राना पनि के कम ? मलाई बाहिर जाऊ भन्ने तपाईं को हो भन्ने प्रतिप्रश्न गरिरहे । सभापति खरेलले बैठकलाई एजेण्डामा ल्याउन पटक पटक प्रयास गर्दा पनि भनाभन नियन्त्रण नभएपछी फलस्वरुप बैठक स्थगित भएको थियो ।