
नेपालमा पहिलो पटक ह्याण्डमेड लक्जरी मोबाइल फोन ब्राण्ड भर्टुको नयाँ मोडेलको स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ ।
पछिल्लो फाइभ जी स्मार्टफोन लाई ओलिज स्टोरले पहिलो पटक नोकिया कंपनीले स्थापनामा राखेको बेलायतस्थित भर्टु कम्पनीले सो स्मार्टफोनलाई उत्पादन गरेकोे छ ।
आइभर्टु फाइभ जी मा स्नापड्रागन ८८८ फाइभ जी अक्टाकोर प्रोसेसर रहेको छ । यो प्रोसेसर क्वालकोमको फ्लागसीप चिपसेट हो । यसमा १२ जिबीको र्याम र ५१ जिबीको इन्टर्नल स्टोरेज रहेको छ ।
महंगा धातु र पत्थरसँगै ह्याण्डमेड हुने भर्टुका फोनहरु निकै महंगा हुने भएको छ । धातुको फ्रेम रहेको स्मार्टफोनमा प्रयोग गरिएको छालाको आधारमा दुई मोडेलमा उपलब्ध छ ।
गोहीकोा र बाच्छाको छाला प्रयोग भएको प्रिमियम लेदर ब्याक नाम दिइएकोे आई भर्टु फाइभ जी स्मार्टफोनमा ६.६७ इन्चको एमोलेड स्क्रिन छ, यसको रिजोलुसन १०८० गुणा २४०० पिक्सेल एफएचडी छ भने रिफ्रेस दर १२० हर्ज छ ।
यो स्मार्टफोनमा क्वाड क्यामरा सेटअप रहेको छ । प्राइमरी क्यामरामा ६४ मेगापिक्सेलको सेन्सर रहेको छ । त्यस्तै अर्को अल्ट्रावाइड क्यामरा पनि ६४ मेगापिक्सेलकै छ । अन्य दुईवटा क्यामरामा एउटा ५ मेगापिक्सेल म्याक्रो र अर्को २ मेगापिक्सेल डेप्थ सेन्सर क्यामरा रहेकाछन् ।
त्यस्तै सेल्फी क्यामरा १६ मेगापिक्सेलको जडान छ । यो फोनमा ४२०० मिलि एम्पियर आवरको अत्यधिक शक्तिशाली ब्याट्री राखिएकोछ जुन ५५ वाट फास्ट चार्जिंग सपोर्ट हुने गर्दछ । यसको डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।
साथै यसमा फेस लक सेन्सर पनि रहेको छ । यो स्मार्टफोनमा एन्ड्रोइड ११ सँगै भर्टु अपरेटिंग सिस्टम रहेको राखिएकोछ ।
चीनमा ४२ हजार ८०० युआन पर्ने यो आइ भर्टु फाइभ जी स्मार्टफोनलाई नेपाली बजारमा ल्याएको ओलिज स्टोरले यो फोनको मूल्य विवरण खुलाएको छैन । फोनको एक अनबक्सिङ भिडियोमा खैरो रङको लेदर भएको फोन नेपालमा आइसकेको जानकारी भने गराइएको छ ।