News Portal

आन्तरिक राजस्व बिभागको स्टिकर सहित ५ जना पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २६ साउन
११६ पटक
काठमाण्डौं, २६ साउन

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका –७ स्थित तालबन्द सडकखण्डमा आन्तरिक राजस्व बिभाग लेखिएको स्टीकर ओसारपोसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने १९ बर्षीय संजित कुमारले चलाएको को ना.३२क ६२८१ नंबरको मोटरसाईकल पछाडी सवार ऐ.ऐ.बस्ने २० वर्षीय रिङ्कु कुमार र नेपालका रौतहट गरुडा न.पा.– १ जयनगर बस्ने ४० बर्षीय राज कुमार शाह, लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने २२ बर्षीय सुरेश कुमार र पर्सा विरगंज न.पा.–१३ घन्टाघर बस्ने ५५ बर्षीय विजय गुप्ता समेत प्रहरीको नियन्त्रणमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त कार्टुन भित्र आन्तरिक राजस्व बिभाग लेखिएका ७७ रोल स्टिकर वरामद गरेको छ ।

कैलाली गौरीगंगा नगरपालिका वडा नं.०७ मसुरिया स्थित रहेको वेष्टर्न लिकर्स प्रा.लि.बाट ल्याई निजहरु बस्ने कोठामा छाप लगाउन लिन लागेको भन्ने गोप्य सुचनाका आधारमा उनिहरुको कोठा खानतलासी गर्दा उक्त सामान भेटिएको हो ।

सामानहरुमा ३ वटा कार्टुन बोकि ल्याई रहेको अबस्थामा यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेजजाँदा गर्दा उक्त कार्टुनहरु भित्र आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर रोल ७७ २ लाख ८८हजार ६ सय ७४ थान रहेका छन् ।

यस सम्बन्धमा थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसंग समन्वय गरी अधिकृत सहितको संयुक्त प्रहरी टोलीले उक्त वेष्टर्न लिकर्स प्रा.लि.मा खटि गई स्टिकर भण्डारण गरिएको कोठा समेत सिल गरी आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीमा अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्