
भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरू माथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन् । बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू ट्रक, बस र केही साना सवारी साधन माथि खसिरहेका विविसीले जनाएको छ ।
सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो समेतको पैह्रो गैरहेकोले उद्धारकार्य प्रभावित भएको छ । भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित छन् ।
किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ । झन्डै ३० जना अझै पहिरोमा पुरिएको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ । भारत–तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भइरहेका छन् ।
उद्धाराकार्य राति पनि चलोस् भन्ने अपेक्षा गरेको एक स्थानीयवासी अबिद हुसैनले समाचार संस्था रोएटर्सलाई बताए । उद्धार कार्यमा भारत–तिब्बत सीमा प्रहरी तथा अन्य उद्धारकर्मी घटनास्थलमा खटिएका छन् ।